शिर्षक: हिमाल छ,हिउँ छैन
तिमी उही हौ?
जुन मैले सोचिरहेको छु
तिमी उही थिएउ?
जुन मैले सोचिरहेको छु
तिमी आजभोलि
पहिलेभन्दा निकै पृथक देखिन्छौ
जुन कुरा
मेरा आखाले मात्र बोलिरहेको छ कि,
तिम्रो आत्माले पनि स्विकारी सक्यो?
पहिले पहिले कल्पनामा
तिमी हिमाल बनेर आउथेउ
म तिम्रो लागि, उ त्यो परको
हिउले भरिएको डाडो चोर औलाले देखाउदै,
हिमालसामु तिम्रो अपुर्ण वर्णन गर्थे
तर किन किन
आजभोली यस्तो लाग्दैछ
अब त्यो डाडोमा हिमाल छ, हिउँ छैन
Tags:
साहित्य