(देशको मेरुदण्ड मानिने युवा पंक्ति विदेशिएको पृष्ठभूमि लाई ईङ्कित गर्न खोजिएको बारे मेरो सानो रचना)
शीर्षक: अस्तित्व विहिनताको बाटो
जहानको सङ्ख्या उही नै छ
तर आत्मीयता नै छैन
आत्मीयता नहुँदा पनि
त्यसलाई परिवार नै भनिन्छ र ?
आफन्तहरू पनि उही नै छन्
तर सदभाव नै छैन
सदभाव नहुँदा पनि
त्यसलाई आफन्त नै भनिन्छ र?
हिमालको रूपरेखा उही नै छ
तर हिउँ नै छैन
हिउँ नहुँदा पनि
त्यसलाई हिमाल नै भनिन्छ र ?
भूगोलको रूपरेखा उही नै छ
तर युवा नै छैन
युवा नहुँदा पनि
त्यसलाई देश नै भनिन्छ र ?
२०८०- साउन - २४