लोकसेवा मनोवाद

 आज अलि फरक शीर्षक,

आफ्नै बारेमा,

खै के भनौं, कहा बाट सुरु गरौं, अथवा लेख्दै नलेखौं, लेखिहाले पनि यो लेख्नका लागि मात्रै लेखिएको हो, यो म आफ्नै लागि लेखेको हो, यदि सफल भएमा यो एउटा कसम जस्तो भईजाला, असफल त नभनौं, सिकाई मात्र भएमा यो एउटा मामूली हास्यास्पद मनोवाद हुनेछ ।

आज २०८१ साल पुसको १७, लोकसेवाको exam हुन ठ्याक्कै एक महिना जति बाकी भनौं, यो वर्ष मलाई विशेष नै गर्नु छ, विशेष नै हुनु छ, नजानेको पनि केही होईन, सबै आउने पनि होईन, ठ्याक्कै बीचमा छु जस्तो लाग्छ आफैले आफैलाई ।

यस विषम परिस्थितिमा यो सालको परीक्षालाई कसैप्रति समर्पित गरेर पो पढौं भन्ने मनमा एउटा उत्सुकता उम्रियो, सम्झिए केहीबेर, र सम्झिए मेरा स्वर्गिय हजुरबा, उदयराज भण्डारी, बा कति धेरै मिहिनेत गर्नुहुन्थ्यो, कति धेरै परिश्रमी अनि लगनशील हुनुहुन्थ्यो, दीर्घकाल सम्म सोचेर काम अगाडि बढाउने, मलाई पनि कति माया गर्नुहुन्थ्यो, र सोचे, यो पटकको तयारी मैले बा लाई समर्पित गर्नुपर्छ, त्यसो गर्दा बा सङ्ग एउटा कसम खाए जस्तो होला, कसम खाएपछि केही फरक त पक्कै पर्ला की, मेरा बा, यो साल तपाईँलाई समर्पित गर्दै म अगाडि बढ्नेछु, तपाईँलाई सम्झिन्छु, सम्झिदैछु, मलाई आशीर्वाद दिनुहोला, बाकी त समयले बताईजाला ।। 

Post a Comment

Previous Post Next Post