निर्माणाधीन


-निर्माणाधीन
किनारै किनार बग्दै बग्दै पूर्ण समानान्तर
समानता निकै नै, तर केहीमा भने पूर्ण अन्तर
सपनाहरूको कुहिरो अनि तुसारो र हुस्सु
भन्दा पनि माथि, बाध्यताहरुको लखरान्तर
झण्डै पूर्ण रुपमा अस्तित्वविहिन, पहिचानविहीन
निकट वर्तमानलाई थाँती अनि तटस्थ राख्दै 
भाग्यका बाङ्गाटिङ्गा अङ्क गणितहरुको रकमान्तर
मरुभूमि भन्दा पनि निकै सुक्का थिए
सधैं ओसले ओतप्रोत लवज अनि वचनहरू
ओस्मियम भन्दा पनि निकै गह्रौँ ग्रहौ थिए
तिमी सङ्ग छुट्टिँदा नखसेका आँसुहरू
...........


 

Post a Comment

Previous Post Next Post