विकृत समयको ओझेल

 शीर्षक : विकृत समयको ओझेल


संवेदनहीनअमर्यादितउथलपुथल सहितका

विचार अनि दर्शनहरूको ठेलमठेलभीड अनि चाङ

अशिष्टअनिष्ट तथा भवितव्य बीच पनि

सद्बुद्धि अनि विवेकको हुनेछ जाम

ठगठालुफटाहा अनि मूर्खहरु

भेटिनेछन् पाईलै पाईलामा ठाम ठाम

देखाउने चेष्टा गर्नेछन् आफैले आफैलाई ऐना अगाडि उभिएर

तर नियतको संपूर्ण अंगहरुमा देखिनेछ डामै डाम

यो कुनै भविष्यबाणी होईन

न त कुनै कल्पना नै हो तर पनि

कुनैदिन समय यस्तो पनि आउनेछ

मह एउटाले काड्नेछ

हात अर्कोलाई चाट्नेछ

छाती पिट्दै यो धर्ती रुनेछ

समाज निक्कै नै संवेदनहिन हुनेछ

सत्य चिज पसिनामा बिलाउनेछ

बदनामीको छायाँ अर्कैमा पर्नेछ

काम एउटाले गर्नेछ अनि

लाजको पसारो अर्कोलाई लाग्नेछ  ।।।


representative image generated by grok ai



Post a Comment

Previous Post Next Post