म खरानीको मुखदर्शक
हातमा फोन थियो
तर खोलेर क्यामेरा, खिच्न सकिन मैले
सिंहदरबारका ती कुरूप तस्बिरहरू,
फर्केर हेर्न सकिन मैले,
जल्दै गरेका ती सरकारीहरु भवनहरू l
सुन्न पटक्कै, सकिन मैले,
सोझा जनता गर्लम्मै ढल्दै गरेका खबरहरू ll
त्यसैले,
निकालिदेउ झिकेर कसैले, मेरा यी आँखाहरू
ताकि, जल्दै गरेको सिंहदरबार देख्नु नपरोस l
काटिदेउ कसैले, मेरा यी दुई कानहरू
ताकि, सोझा जनताको छातीमा गोलि लागि
पकलक्कै ढल्दै गरेको खबर सुन्नु नपरोस ll
झिकिदेउ कसैले मेरो यो कोमल मन
ताकि, दन्किदै जलेका सरकारी भवनहरू देखेर
यो मन लाई पटक पटक भक्कानिएर फुटाउनु नपरोस lll
साच्चि नै भन्ने हो भने, सच्चा नेपालीले
न सिंहदरबार जलेर, धोस्त हुँदै गरेको हेर्न सक्छ
न सोझा नेपालीको छातीमा, गोली हानेको खबर सुन्न सक्छ
न सरकारी भवनहरू, आगोले दन-दन दन्किएको देख्न सक्छ
जनताले, गलतलाई सधै गलत नै देख्छ, गलत नै भन्छ
न त लाशमाथि घिनलाग्दो स्वार्थको खेल खेल्न सक्छ,
न त सरकारी भवन जलेको खबरलाई ठिकै त होनी, भनेर टार्न सक्छ lll
