निस्फिक्री यात्रा- मात्र आजका लागि

 मलाई हराउनु छ कहिँ टाढा

जहाँ भावनाहरू नवगोस्

मलाई बन्नु छ निक्कै गाढा

जहाँ सम्झनाहरू नपातलियोस्


मलाई आकाशले बादललाई डोर्‍याए जसरी

साबुनको फिजको डल्लो बादलमा उडे जसरी

नदीमा तैरिएको हलुका पातलो पात जसरी

हिँड्न मन छ डोरिएर आकाशसँगै

उड्न मन छ, मात्र अन्तरिक्षसम्म

पुग्न मन छ, तैरिएर सागरसम्म

बिना कुनै सङ्कोच पूर्ण निस्फिक्री भएर।।


उडिरहेका छन् आकाशमा थुप्रै चराहरू

सन्ध्यामा गुड सम्म पक्कै पनि पुग्नेछन्

म पनि उडिरहेको छु, तैरीरहेको छु तर

मेरो छैन, त्यस्तो कुनै गन्तव्य

मेरो छैनन् त्यस्तो कुनै योजनाहरू

आवोस् मलाई आपतविपत अनि भवितव्य पनि

तर म त मात्र, आजको लागि बाँचेको छु

भविष्य त मैले, शून्य बराबर साँचेको छु

कैयौँ पटक सपनाहरू विपनामै

लौरिसरी पिटिक्कै भाँचेको छु

त्यसैले त म अरुभन्दा फरक छु नी

किनकि मैले त

वर्तमान सम

यको, नाडी छामेको छु lll


Post a Comment

Previous Post Next Post